काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरको जहाजलाई रनवेबाटै फर्काइयो

आइतबार, जेठ २०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं ।  आज बिहान काठमाडौंबाट धनगढी उड्न तयार भएर रनवेमा गएको श्री एयरकोजहाजलाई पार्किङमा फर्काइएको छ।

बिहान ८:२५ बजे उड्न लागेको श्री एयरको कल साइन एसएचए २२१ नम्बरको जहाजको इन्जिनबाट गन्ध आएपछि रनवे बाट पार्किङमा लगिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

अहिले जहाजको थप प्राविधिक जाँच भइरहेको छ भने यात्रुहरूलाई अर्को जहाजमा धनगढी उडाउने श्री एयरले जनाएको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्