भोलिदेखि टी-२० विश्वकप सुरु हुँदै, मंगलबार नेपालले नेदरल्यान्डस् विरुद्ध खेल्ने

शनिबार, जेठ १९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । ९ औं आईसिसी टी-२० विश्वकप क्रिकेट आइतबारदेखि सुरु हुँदैछ। अमेरिका र वेष्ट इन्डिजमा हुन लागेको उक्त टी-२० विश्वकपमा २० राष्ट्रको सहभागिता रहेको छ।  

विश्वकपमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, अस्ट्रेलिया, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, पीएनजी, क्यानाडा, स्कटल्याण्ड, ओमान, युगाण्डा र  आयोजक अमेरिका र वेस्ट इण्डिज सहभागी हुँदै छन् ।

जुन २९ सम्म चल्ने विश्वकपमा डिफेन्डिङ च्याम्पियन इङल्याण्डसहित टी-२० विश्वकप विजेता सबै राष्ट्रहरु सहभागी छन् । जस अन्तर्गत सबैभन्दा बढी इङल्याण्डले सन् २०१० र २०२२ मा विश्वकप जितेको थियो। त्यसैगरी आयोजक वेष्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी-२०विश्वकप जितेको थियो।

एक-एक पटक टी-२० विश्वकप जित्ने अष्ट्रेलिया, भारत, श्रीलंका र पाकिस्तान पनि यस विश्वकपको उपाधिको दाबेदार राष्ट्र हुन्  । अष्ट्रेलियाले सन् २०२१ मा जित्द भारत सन २००७ को  पहिलो टी-२० विश्वकप विजेता हो। श्रीलंका २०१४ को र पाकिस्तान सन् २००९ को विश्वकप विजेता हो।

टी-२० विश्वकप खेलिसकेका न्यूजिल्याण्ड र साउथ अफ्रिकाले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् । न्यूजिल्याण्ड एक पटक  र साउथ अफ्रिका दुई पटक फाइनल पुगेर पनि विश्वकप विजेता बन्न सकेका छैनन् ।

नेपाल पनि टी-२० विश्वकपमा दोस्रो पटक सहभागिता जनाउँदै छ। सन् २०१४ र यसपालिको विश्वकप गरेर नेपाल दुई पटक विश्वकपमा सहभागी भएको हो।

भोलि विश्वकपको पहिलो खेल अमेरिका र क्यानडाबीच हुँदैछ।

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्