प्रहरीका ४ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

शनिबार, जेठ १९, २०८१

काठमाडौं । नेपाल प्रहरीका ४ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएपछि गृह मन्त्रालयको बढुवा समितिले ४ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् ।

बढुवा समितिले डीएसपी प्रदीपबहादुर क्षेत्रीलाई पहिलो नम्बरमा बढुवाका लागि सिफारिस गरेको हो। उनी यसअघिको बढुवा छुटेका थिए।

त्यसैगरि बढुवा सिफारिसमा नारायण रन्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला परेका छन् । उनीहरु सबै यसअघिको बढुवामा छुटेका थिए।

 

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्