प्रहरीका ४ जना एसपी एसएसपीमा बढुवा सिफारिस

शनिबार, जेठ १९, २०८१

काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको सूची अनुसार पहिलो नम्बरमा श्यामकृष्ण अधिकारी परेका छन् ।

सिफारिसमा दोस्रोमा रवीन्द्र रेग्मी,तेस्रोमा भीमबहादुर दाहाल र चौथो नम्बरमा नान्तीराज गुरुङ परेका छन् ।

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०९:०६
प्रतिक्रिया दिनुहोस्