तीर्थ यात्री बोकेको बस दुर्घटना, २२ जनाको मृत्यु

शुक्रबार, जेठ १८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । भारतको जम्मुमा तीर्थ यात्री बोकेको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा ६९ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

त्यहाको प्रहरीका अनुसार जम्मुको जम्मु-पुँछ राजमार्गको चोकीचोरामा तीर्थ यात्री सवार बस सडकदेखि १५० तल खसेर दुर्घटना भएको हो। प्रहरीले जनाएअनुसार हरियाणाको कुरुक्षेत्रबाट उत्तर प्रदेश र राजस्थानका ९० जना तीर्थ यात्री लिएर जम्मुकश्मीरको रियासी जाँदै गर्दा बस तल खसेको हो।

दुर्घटनामा घाइते भएकाहरुको जम्मुको अखनर र त्यहाको सरकारी अस्पतालमा उपचार भइरहेको छ भने विहीबार भएको दुर्घटनाका मृतकका परिवारलाई २-२ लाख र घाइतेको उपचारका लागि ५०-५० हजार रुपैयाँ सहयोग गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन् ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०९:५३
प्रतिक्रिया दिनुहोस्