देश गम्भीर संकटको पासोतिर उन्मुख भइसक्यो: नेता केसी

आइतबार, साउन ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल तस्कर र भ्रष्टहरुको स्वर्ग हुन थालेको प्रतिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले  बताएका छन् ।

आज पार्टीको केन्द्रीय समिति बैठकमा  बोल्दै नेता केसीले नेपाल गम्भीर संकटको चक्रब्युह वा संकटको पासोतिर उन्मुख भएको भन्दै भ्रष्टाचारको बाढी, ऋणको भारी र शक्तिराष्ट्रका द्वन्द्वको चक्रब्युहतिर भूभाग धकेलिएको बताए । 

उनले कांग्रेस किन भ्रष्टचारको संरक्षक भएको? जस्ता आरोप खेप्नुपरेको भन्दै नेतृत्वलाई प्रश्न गरेका छन् । उनले भने, ‘यसको विरुद्ध आन्दोलनको नेतृत्व  कांग्रेसले नै गर्नुपर्छ । ललिता निवास र नक्कली भुटानी शरणार्थी काण्डमा हाम्रो मौनताले पार्टी क्षतिग्रस्त हुन्छ भन्ने कुरा नभुलौँ ।

भर्खरै त्रिभुवन विमानस्थलबाट रहस्यमय रुपले निकालिएको तर बरामद भएको एक क्विन्टल  सुनभित्र भएका हातहरूको बारेमा कौतुहलमय सनसनी उब्जेको छ । यसका भरियालाई मात्र पक्राउ गरेर यसको पछाडि रहेका शक्तिकेन्द्रलाई जोगाउने धृष्टता नहोस् ।’

उनले गल्ती स्वीकार गरेर जानुपर्ने भन्दै छ पृष्ठ लामो उनको भनाइ र सुझाव पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्