हत्या गरेको आशंकामा जानकीबाट तीन जना पक्राउ

बिहीबार, जेठ १७, २०८१

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले जानकी गाउँपालिकामा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। 

गत बैशाख २७ गते जानकी-२ फुलपुरुवाका ५५ वर्षीय प्रेमलाल कुर्मी घाँटीमा सर्ट बेरिएको अवस्थामा मृत फेला परेको घटनामा बाँके प्रहरीले जानकी-२ फुल फुलपुरुवाकै ४० वर्षीया महिलका तेली, सोही स्थानकै ५० वर्षीय नन्कु लोनिया र फुलपुरुवाकै ५० वर्षीय रतिराम कोरीलाई प्रेमलालको हत्या गरेको आशंकामा पक्राउ गरेको जनाएको छ।

मृतक प्रेमलालका छोराले छोरा रामकुमार बर्माले माथि उल्लेखित व्यक्तिहरुले आफ्नो बाबुको हत्या गरेको भन्दै  बाँके प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा बाँके जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जीका आधारमा बुधबार पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रहरीले उनीहरुविरुद्ध थप ७ दिनको म्याद लिएर हत्या घटनाको थप अनुसन्धान गरिएरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्