सुर्खेत बोलेरो दुर्घटना: चारै जना मृतकको पहिचान

बिहीबार, जेठ १७, २०८१
Neuro hospital Nepalgunj

सुर्खेत । सुर्खेतमा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ।

आज एकाबिहानै २ बजे सुर्खेतदेखि कालिकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जिप सुर्खेत-दैलेख सडकको वीरेन्द्रनगरको रातानाङ्गलामा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना हुँदा चार घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा  कालिकोटस्थित शुभकालिका गाउँपालिका-३ का नवराज विक, तन्त कामी, वीरेन्द्र विक र भैरवी गाउँपालिका-४ दैलेखका महेन्द्र शाही हुन् ।

दुर्घटनामा घाइते भएका शुभकालिका गाउँपालिका-३ का नरी कामी र खाँडाचक्र नगरपालिका-९ पाखाका नरेन्द्र विष्टको सुर्खेतमा उपचार भइरहेको प्रहरीकै जानकारी दिएको छ। नरेन्द्र बोलेरो जिप चालक हुन् ।

मृतक र घाइतेहरु सबै भारतबाट फर्किएर एकाबिहान कालिकोट जाँदै गर्दा दुर्घटनामा परेका हुन् । 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्