सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

बिहीबार, जेठ १७, २०८१
Neuro hospital Nepalgunj

सुर्खेत । सुर्खेतमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

आज बिहानै सुर्खेतबाट कालिकोट जाँदै गरेको बे१च २५६० नम्बरको बोलेरो जिप दुर्घटना भएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।  ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त  बोलेरो जिप सुर्खेत-दैलेख सडकको वीरेन्द्रनगरको रातानाङ्गलामा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिपमा ८-९ जना सवार रहेको बताइएको छ।

घटना आज बिहान २ बजे भएपनि दुर्घटनाको खबर ढिला प्राप्त हुँदा प्रहरी घटनास्थल पुगेर उद्दार कार्य गरेर  घाइतेहरुलाई सुर्खेतस्थित कर्णाली केयर अस्पतालमा लगिएको छ   थप विवरण आउँन बाँकि ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्