सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
क्रान्ति शर्मा - यौवन अबस्थाको दुरुपयोग ,लाचारता, अन्यौलताले गर्दा आज हामीले आत्महत्याका सयौं समाचारहरु सुन्दै,हेर्दै,भोग्दै आएका छौँ ,यस्ता सयौं कथाहरु छन् -जो हाम्रै उमेर अबस्थाका युवाहरुले भोगिरहेका छन् ।
एउटा मान्छे जन्मनु,हुर्कनु,अगरमबगरम..बिबिध भोगाइपछि अन्त्यमा मितिले मर्नु स्वभाबिक हो,तर आफैले आफ्नो ज्यान अकालमा फाल्नु जिबनकै/ईश्वरीय अंशको नियमकै दुरुपयोग यानी कि भ्रष्टाचार गर्नु हो । जिबन सधै एकनास हुँदैन नत हामीले चाहेको जस्तै हुबहु हुन्छ । हरेक मान्छेलाई कुनै न कुनै बेला "म मर्छु" भन्ने लागेको हुन्छ नै यो स्वभाविक नै हो ,तर मरिहाल्नुको अन्तिम अवस्थामा पुग्नु दुर्भाग्य /दर्दनाक कुरा हो।कयौं मानिसहरु यहीँ अवस्थामा पुगेर आफैलाई मारिदिन्छ्न। प्रेम सम्बन्ध, करियर ,परिवार ,समाज,डिप्रेसन,धनसम्पती,आदि ईत्यादी जे कारन पनि हुनसक्छन् ।
कुनैपनि कुरा बेहद हुनु नै त्यसको अन्टेयष्टि नै हो। !! प्रेमसम्बन्धले निम्त्याएको दुर्घटना बारे केही लेख्दै छु यी मेरा ब्यक्तिगत बिचार हुन कसैको जिबनमा मेल खान गएमा संयोग मात्र हुनेछ । प्रतिक्रिया दिन सक्नुहुन्छ। 🙏🙏 यो प्रेम भन्ने अनुभूति स्वभावैले एक उमेर अबस्थामा हरेकको जीवनमा आउँछ , जसरी बच्चाबाट बुढेसकालसम्मको जिबनचक्र छ , हो तेसैगरी कहिले अट्राक्सन , कहिले सेक्सेयुल ,कहिले टाईमपास ,कहिले जिम्मेवारी ..जे जुन रुपलाई पनि हामी प्रेम मान्छौ बिवाह सम्म पुग्नुलाई प्राप्ति मान्छौ।नमरुन्जेल सम्म हरेक मान्छेलाई प्रेम त चाहिन्छ नै। प्रेमले मानिसलाई जिउन सिकाउँछ,सफलता देखाउँछ , भविष्यप्रति आशा राख्न सिकाउँछ , सम्बन्ध परिवार जोड्छ , खुशी, सुख दिन्छ तर , यहि प्रेमले मान्छे धुवाँमा उड्ने बनाईदिन्छ,डिप्रेसन , आत्महत्या सम्म पुर्याउछ। हर कुराको पोजेटिभ -नेगेटिभ पक्ष हुन्छन् हामी कुन साईड मा तानिन्छौ त्यसमा भर पर्छ । ,,,
आजभोलि सुनिने न्युजहरुमध्य आधा जति प्रेम सम्बन्धले निम्त्याएका सुसाइड केश देखिन्छ्न ।
के प्रेमले मर्न मार्न सिकाउदैछ त? प्रेममा धोका मात्रै हुन्छ त ? दोषी को? स्वार्थ बिनाको प्रेम हुदैन र ? परिवार समाज भन्दा माथी के? यी इत्यादि अनिगन्ती प्रश्नहरुको खात बनेको छ मन मस्तिष्कमा ! हुनत पहिले पनि यस्ता घटनाहरु नघटेका होइनन तर यति धेरै प्रचार थिएन र यति क्रूर मनसाय पनि कम थियो । किनकि सन्चारमाध्यमको उपलब्धता थिएन ।केटाकेटीबिच अनैतिक सम्बन्धहरु यति विधि थिएन , चिट्ठीबाट परेको , भेटेर परेको लभ न हो । समाज यति खुल्ला पनि थियन, मान्छेहरुको आबादी यति धेरै थिएन! सायद। अहिले केटा र केटीबिच भेट्न कुनै मुस्किल छैन , फेसबुक ,म्यासेन्जर , ह्वाट्सप, इमो, टुईटर, इस्टाग्राम, भाईबर इत्यादि फोनसम्पर्क , स्कुल कलेज, अफिस , बाटोघाटो , बजार ...जहाँ जतिबेला जसरी जुनसुकै अबस्थामा पनि भेटघाट हुन सक्छ ।हामी स्वतन्त्र छौ ।बहुत स्वतन्त्र ! तिम्रो लागी जे नि गर्छु भन्नेको कुनै कमि छैन । लभ पर्न फेसन हो , जो बिना मान्छेको हैसियत नै हुदैन। यौटा जिल्लाको केटा र अर्को जिल्लाको केटी, एउटा प्रदेशको अर्को प्रदेश , यति सम्मकि एउटा देशबाट अर्को देश सम्म सजिनै प्रेमको ब्यापार गर्न सकिन्छ बिना ट्याक्स ... कति सजिलो छ है , फसबुकमा रातभर च्याट गरेर लभ पर्छ , बजारमा दिनभर घुमेर लभ पर्छ, अफिसमा भेटिएर लभ पर्छ, बाटोमा भेटिएर लभ पर्छ , क्लासमा भेटिएर लभ पर्छ, के के गरेर पर्छ पर्छ कुनै टुंगो नै छैन । हाई हेल्लो कति राम्री मैले सोचेजस्तै चिया भन्दा नि मीठो मुस्कान परि जस्तै सधै देख्न पाए, बोल्न पाए जे गरे नि राम्रै लाग्छ ...... मस्का लाउदा लाउदै लभ पर्छ एउटीसंग होइन धेरैसंग पर्छ एउटै फर्मुला जति ठाउँमा नि फिट भैदिन्छ लभ, फिट भैदिन्छ । चटपटेको जमाना न हो ! केटी मान्छेलाई पट्याउन केही गर्नु पर्दैन, प्रसंशा गर्दे पुग्छ कोही थोरैमा पट्टिहाल्छ्न कोहीलाई अलि मेहनत गर्नुपर्छ बस् , कोही केटाहरु र कोही केटीहरु वाईफाई जस्ता हुन्छन जति ह्याङ भएनी धेरै ठाउँ कनेक्ट हुने , वाईफाई जस्तो लभ नै प्रचलित छ अचेल प्रेमको बजारमा केटी केटाका लिस्ट -हेलो फ्रवाड फाइभ अदर जस जस्ले रिप्लाई दिन्छ उतै कनेक्ट हुने । केटा भन्दा केटीहरुको हकमा कडा बनिदिन्छ समाज। केटाको ईज्जतमा औला समाजले नि उठाउदैन जति केटी मान्छेकोमा उठ्छ । यसकारण पनि हुनसक्छ छुट धेरै भएको ।। समाजको हर घरमा लभको नाममा इमोसनको हत्या प्रत्येक रात-दिन भयको हुन्छ । लभ पार्नुका नाममा हुने हिंसाको नत कुनै सजाय छ नत सिमा नै। हामी आफैले निम्त्याउने रोग हो यो, जसको उपचार नै हुदैन नियन्त्रण को। विकल्प मात्रै हुन्छ।तेहि पनि बेहद भएन भने ! चाहे केटा होस चाहे केटी दुबैलाई कुनै बेला लभका नाममा आफ्नो आहुती दिन सक्ने बनाउने फरेब नै हो, इमोसनको बलात्कार सहन सकिन्छ हदसम्म ,जब इज्जतको बलात्कार हुन्छ तब मर्नु बाहेक अरु बिकल्प केहि हुन्न ? यो प्रेम होइन , लभ हो जो देखासिकीमा सुरु हुन्छ र नराम्ररी रुवाएर सकिन्छ। सिरियस एकतर्फी भो भने ? फरेब भो भने? बुझाई गलत भो भने ? सेक्सयुल सम्बन्धले सिमा नाघ्यो भने ? डिप्रेसनको शिकार भयो भने ? केटा केटी जो पनि आत्महत्याको उदाहरण बन्नसक्छ। हामीलाई सजिलो हुन्छ सुसाईडको पोस्टमाथि कमेन्ट गर्न - कस्तो लाचार रैछ ? मर्नु सबै समस्याको समाधान होइन ? परिवारको त ख्याल गर्नुपर्छ? यस्ताले किन लभ पार्नु? जन्मिएको के अर्थ भो? हे भगवान के देख्नुपर्छ ? हुनत यी सब कमेन्टहरु जायज हुन । एउटा नर्मल मान्छेले सोच्ने नै यहि हो , हामी घरमा बसेर सोचसमझेर भन्छौ जे भन्छौ ।यो साचो हो । तर , जब मान्छे गल्तिको दलदलमा फस्छ तब मर्न बाहेक केही सोच्दैन , मैले लभ नगरेको भए? उसले मलाई धोका कसरी दिन सक्छ? म किन फसे ? मैले परिवारलाई धोका दिए? मैले आफैलाई धोका दिए ? मैले केही गर्न सकिन? समाजमा बस्न लायक भइन म? अब मर्न बाहेक केही बिकल्प छैन , म मरे भने सब सकिन्छ बस् यहि मनसाय ले सकिन्छ मान्छे । जब मान्छे गलत तिर फस्छ तब एक पछि अर्को गर्दै हजार गल्ति थपिन्छन् अनि बेहद हुन्छ मनमस्तिष्कले सहन सक्दैन, जब मनमस्तिष्कले छोड्यो भने शरीरको के काम ? गलत प्रेम होइन, हामी हौँ जसले गलत प्रयोग गर्छौ । धोका धुवाँ जस्तो हुन्छ सारा संसार अन्धकार देखाईदिन्छ । अन्धकारमामा जिउन चाहान्छ नत तपाईं नत म न हामी कोही?
एकपटक सोचौ त , कहि कतै हामी पनि गल्ति त गरिरहेका छैनौ ? शारीरिक दुखले मात्रै मान्छे मर्दैन , मानसिक दुखले झन छिटो मर्छ मान्छे ! ठुलाठुला धनी , सम्पन्न ,इज्जतदार मान्छे नि सुसाईड एटेन्म गर्छन किन ?? मान्छे के चाहान्छ ?? मर्नलाई ठूलो कारन नै नचाहिदो रैछ नि क्षणिक प्रेसर मै मरिदिन्छ। ,,, नपत्याउदो तरिकाले मर्छ मान्छे रहरले मर्छ या करले मर्छ मान्छे क्रमशः 🙏🙏 -प्रेम त गर्नुस तर यस्तो गर्नुहोस् ताकि जस्ले तपाईलाई खुशी दिनसकोस र सम्बन्ध ,आत्मियता , परिवार, समाज , मानसम्मान ,ईज्जत् होस् ।