गण्डकीका नवनियुक्त मुख्यमन्त्रीसँगै दुई मन्त्रीले लिए शपथ

बुधबार, जेठ १६, २०८१
Neuro hospital Nepalgunj

पोखरा । सर्वोच्च अदालतको परमादेशबाट गण्डकी सरकारको मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियाको शपथ लिएका छन् ।

आज दिउँसो मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आजै अपराह्नमा शपथ गराएका हुन् ।

मुख्यमन्त्री पाण्डेसँगै दुई जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । कांग्रेसबाट मन्त्री नियुक्त भएका विन्दुकुमार थापा र डा.टेकराज गुरुङले शपथ लिएका हुन् ।

मुख्यमन्त्री पाण्डेले थापालाई सामाजिक विकास र गुरुङलाई अर्थ मन्त्रालयमा नियुक्त गरेका थिए। सर्वोच्चले पाण्डेलाई सोमबार राति मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्