सर्वोच्चको परमादेश पछि गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त

बुधबार, जेठ १६, २०८१
Neuro hospital Nepalgunj

पोखरा । नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे सर्वोच्च अदालतको परमादेश पश्चात् गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् । 

पाण्डेलाई आज दिउँसो सर्वोच्च अदालतको परमादेशको पत्र पुगेपछि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकीको मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सर्वोच्चले सोमबार राति नेकपा एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारी बर्खास्त गर्दै कांग्रेसका पाण्डेलाई ४८ घण्टाभित्रै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रदेश प्रमुख भट्टले आज मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्