बाँकेमा एमाले त्यागेर धमाधम कांग्रेसमा प्रवेश गर्नेको लर्को, ४ दर्जन बढी कांग्रेसमा प्रवेश

बुधबार, जेठ १६, २०८१
Neuro hospital Nepalgunj

बैजनाथ (बाँके )।  बाँकेमा नेकपा एमालेका ४ दर्जन बढी  नेता कर्याकर्ता पार्टी  त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस बैजनाथपालिका- ४ को आयोजामा गरिएको पार्टी प्रवेश कार्यक्रममा ४ दर्जन बढी एमालेका स्थानीय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।  नेपाली कांग्रेस बैजनाथ गाउँपालिका वडा नम्बर ४ का सभापति सुरेश चन्दको अध्यक्षता भएको कार्यक्रममा एमालेका स्थानीय नेता हस्त बहादुर  थापा सहित ४१ जनाले कांग्रेस प्रवेश गरेको कांग्रेसका युवा नेता अमर विसीले जानकारी दिएका छ्न । 

अहिलेको बर्तमान समय एमाले सरकारमा रहेर सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीलाई बचाउन लागेको भन्दै संसदमा सहि तरिकाले प्रतिपक्षी बनेको प्रमुख प्रतिपक्षी दल कांग्रेसकै देशलाई सहि दिशामा लग्न सक्ने भन्दै एमालेका स्थानीय नेता कार्यकर्ता कांग्रेसआ भित्रिएको विसीले बताए।

एमाले त्यागेर कांग्रेसमा प्रवेश गर्नेहरुमा अमृता थापा,पृथ्वी थापा ,देवबहादुर थापा ,नैसरा थापा ,कमला थापा , शृजना थापा ,तुले बुढा ,पानसरा बुढा ,गिता बुढा, पदमा थापा , सेतु थापा , भिम बहादुर थापा ,हस्त बहादुर थापा ,नैनिदेबी थापा ,इन्द्रा थापा ,गिता थापा,लक्ष्मी थापा , अमृता भन्डारी ,सीता रोकाय,सीता थापा, कमला बुढा ,रुपा परियार , तिलकन बुढा ,शशी देबि बुढा सहित ४१ जना रहेको वडा सदस्य समेत रहेका युवा नेता कर्ण कठायतले जनाएका  छन । 

नब प्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता महासमिति सदस्य मेघराज ओली , क्षेत्र नम्बर ३ का सभापति नकि खां , महाधिवेशन प्रतिनिधि देवबहादुर खत्री , बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय , प्रदेश 'क' का  सभापति केशब शाह ,पालिका सभापति देव बहादुर केसी , वडा अध्यक्ष प्रेम शाहीले खादा लगायर पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए । 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासमिति सदस्य ओलीले जनताको जीवनस्तरलाई माथी उठाउँदै लोकतान्त्रिक ब्यवस्थाको संस्थागत बिकासका लागि   नेपाली कांग्रेसले आफुलाई सधै अग्रमोर्चा उभ्याएको बताए । साथै नेपाली कांग्रेसले मुलुकलाई समृद्ध बनाउन बाटोघाटो , पुल- पुलेसा , शैक्षिक संस्था , विद्युत, सिंचाइ , खानेपानी , संचार ,स्वास्थ लगायत जनजीबिकाका  सवालमा प्रत्यक्ष प्रभाव पार्ने बिकास निर्माणमा सधै आफुलाई खरोरुपमा उतारेको  नेता ओलीले दाबी गरे  ।

महासमिति सदस्य ओलीले पार्टीको आन्तरिक जिवनमा जे जस्ता अपठ्यारा दिनहरू आयता पनि कांग्रेसले मुलुक , लोकतन्त्र र जनतालाई   धोका दिने काम नगरेको उल्लेख गर्दै जनताको जीवनस्तर र भूगोलको यथार्थ चित्रलाई हृदयगम गर्दै नितिनिर्माण गर्ने क्रममा कांग्रेसले आफुलाई देश र जनताको हितमा केन्द्रित गरेको कुरामा जोड दिएका थिए। 

कार्यक्रममा  क्षेत्र नम्बर ३ का सभापति  खांले नेपाली कांग्रेसले  झुठको राजनीतिलाई प्रसय नदिने बताउँदै भोटको राजनीति होइन देश र जनताको उत्थानलाई मुख्य प्राथमिकतामा राखेको बताए । 

वडा सचिव हेमराज थापाले सन्चालन गरेको उक्त कार्यक्रममा  नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सदस्य समेत रहेका वडा अध्यक्ष प्रेम शाही र  वडा सदस्य  कर्ण कठायत लगायले आ-आफ्नो भनाइ राखेका थिए ।

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्