जब जहाजभित्र बम रहेको सूचना आयो...

बुधबार, जेठ १६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । जब गन्तव्यतर्फ उडान भर्न तयार भएको एक जहाजभित्र बम भएको सूचना आयो तब जहाजमा बसेका यात्रु र जहाजका चालक दलका सदस्यसहित क्याविन क्रुको होसहवास नै उड्न पुगेको छ।

भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस उड्न तयार भएको इन्डिगोको जहाजभित्र बम भएको धम्कीबारे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएपछि विमानलाई तुरुन्तै आइसोलेशनमा लगिएको थियो । 

१७७  जना यात्रु बोकेको उक्त जहाज विमानस्थलबाट उड्नुभन्दा केही मिनेटअघि रनवेमा रोकियो । सबै यात्रु र चालक दललाई आपतकालीन ढोकाबाट उतारेपछि विमानको राम्ररी चेकजाँच गरिएको हो । तर विमानभित्र कुनै संदिग्ध वस्तु फेला परेन । 

उक्त बम रहेको सूचना नयाँ दिल्लीका विद्यालय, विमानस्थल र अस्पतालमा पठाइएको नक्कली बम धम्कीको शृङ्खलामध्ये पछिल्लो घटना भएको बताइएको छ। यो घटना मंगलबारको हो।

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्