मापसे गरेकालाई सडकमा ट्राफिक स्वयंसेवक बनाउछु: गृहमन्त्री

मंगलबार, जेठ १५, २०८१

काठमाडौं । अब मापसे गरेर कारबाही परेकालाई सडकमा ट्राफिक स्वयंसेवक बनाउने गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

गृहमन्त्रीले गणतन्त्र दिवसका अवसरमा शुभकामनासहित एउटा सानो प्रयास भन्दै सामाजिक सन्जालमा लेखेका छन् -" महिनावारी भएका महिला ट्राफिकलाई ४ दिन सडकमा ड्युटी गर्नुपर्दैन, उनीहरुको साटो मापसे गरेर ट्राफिक नियम उल्लंघन गरेका सडकमा ट्राफिक स्वयंसेवकको रुपमा सघाउने छन् ।"

 

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्