राजनीति
समाचार
स्थानीय तह
देश/समाज
अर्थ/वाणिज्य
विचार
लेख
सुरक्षा
नेपाली सेना
नेपाल प्रहरी
सशस्त्र प्रहरी
राष्ट्रिय अनुसन्धान
प्रविधि
खेलकुद
मनोरञ्जन
साहित्य
संगित
चलचित्र
थप
विश्व
अन्तर्वार्ता
ग्यालरी
जीवनशैली
एनआरएनए
पाठक स्तम्भ
शिक्षा
स्वास्थ्य
विशेष
ब्लग
गृहपृष्ठ
राजनीति
समाचार
स्थानीय तह
देश/समाज
अर्थ/वाणिज्य
विचार
लेख
सुरक्षा
नेपाली सेना
नेपाल प्रहरी
सशस्त्र प्रहरी
राष्ट्रिय अनुसन्धान
प्रविधि
खेलकुद
मनोरञ्जन
साहित्य
संगित
चलचित्र
थप
विश्व
अन्तर्वार्ता
ग्यालरी
जीवनशैली
एनआरएनए
पाठक स्तम्भ
शिक्षा
स्वास्थ्य
विशेष
ब्लग
सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
Weather Update
विशेष
'गणतन्त्र जोगाउने जिम्मा पनि गणतन्त्र ल्याउनेकै हो'
'गणतन्त्र जोगाउने जिम्मा पनि गणतन्त्र ल्याउनेकै हो'
मिनेटखवर सम्वाददाता
मंगलबार, जेठ १५, २०८१
मंगलबार, जेठ १५, २०८१
फाइल फोटो
काठमाडौं
। नेपालमा वि.सं.२०६५ जेठ १५ गते घोषणा भएको दिन। देशमा गणतन्त्र घोषणा भएको १६ वर्ष पुगिसकेको छ। वि.सं. २०६२–६३ को जनआन्दोलनको उपलब्धि स्वरूप गणतन्त्रको घोषणा भएको हो । त्यसपछि बनेको संविधान सभाले पहिलो पटक २०७२ असोज ३ गते जनताले लेखेको संविधान जारी भएको थियो ।
त्यसयता संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास भइरहेको छ । तर डेढ दशक पार भइसक्दासमेत यो समयमा भएगरेका अभ्यासले सन्तुष्ट भन्दा पनि असन्तुष्ट बढाइरहेको छ । जनगुनासो ब्याप्त छ । यही जनअसन्तुष्टिको फाइदा उठाउँदै अर्को कुनै तन्त्रको खोजीसमेत हुन थालेको आभास दलहरुका गतिविधिले दिलाइरहेको छ ।
कोही राजतन्त्र स्थापना गर्ने खेलमा लागेका छन् भने गणतन्त्र ल्याउन सक्रिय दलहरुसमेत तितरवितर हुने सम्भावना बढेको छ । कोही उत्कृष्ट संविधान बनाएको भन्नेहरु पटक पटक संविधान मिचेर आफूलाई सर्वशक्तिमान बनाउने खेलमा लागेका छन् भने कोही संसदीय गरिमालाई मेट्ने प्रयासमा लागिरहेका छन् ।
परिवर्तन अस्वभाविक होइन । तर गणतन्त्रलाई संस्थागत गराउने नाममा भएका बेथिति उत्कर्षमा पुगेसँगै त्यो असन्तुष्टिको भेललाई समयले कता लैजान्छ समयले नै बताउने छ । तसर्थ गणतन्त्र जोगाउने जिम्मा पनि गणतन्त्र ल्याउनेकै हो । गणतन्त्र जोगाउने हो भने गणतन्त्रलाई मर्यादित बनाइनु पर्छ ।
अहिले गणतान्त्रिक शक्तिको व्यवहारले व्यवस्थालाई कमजोर बनाइरहेको छ । एक तानाशाह राजा फालेसँगै देशले काँचुली फेर्ने अपेक्षाविपरीत प्रवृत्ति झन् तानाशाह बन्दै गएको अनुभूति नागरिकले गरेका छन् ।
एक राजाको ठाउँमा सयौँ राजालाई जन्माएको अनुभूतिसमेत नागरिकले गरिरहेको अवस्था छ । माओवादी सशस्त्र द्वन्द्वबाट बृहत् शान्तिवार्तापछि मूलधारको राजनीतिमा आउनु, त्यसपछि निरन्तर सत्तामै रहनु, लोकतन्त्रको भरपूर प्रयोग गर्नु, मुलुक संघीय संरचनामा जानु कम उपलब्धिको विषय हैन ।
तर जुन लोकतन्त्रको अभ्यास गरेर नेपालको गणतान्त्रिक प्रणालीलाई विश्वले नै उदाहरणका रुपमा लिनुपर्ने हो त्यो हुन नसक्दा डेढ दशकमै ‘कस्तो गणतन्त्र ल्याइएछ रु’ भन्ने अवस्थामा पुगेको स्थिति बनाइएको छ । लोकतान्त्रिक गणतन्त्रको उम्दा अभ्यास भएको देशमा सांसदले संसदमासमेत खुलेर बोल्न पाउँदैनन् भने सर्वसाधारण नागरिकले कहाँबाट लोकतन्त्रको अभ्यास गर्न पाउनु रु
सहकारी ठगी प्रकरण कम चानचुने विषय होइन । लाखौँ नेपाली नागरिकले आफ्नो भविष्य सुधार गर्नका लागि थोरै थोरै भए पनि रकम जम्मा गरेको सहकारीमा अहिले ठगी व्याप्त छ । यसको छानबिन गर्नका लागि सरकारले आनाकानी गरिरहेको छ ।
ठगी प्रकरणमा स्वयं गृहमन्त्री रवि लामिछाने नै मुछिएका प्रमाणहरु दिनानुदिन थपिँदै जाँदासमेत उनीमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनसमेत सरकारलाई कठिन भएको छ भने गणतन्त्रमा जसको शक्ति उसको भक्ति कहिलेसम्म रहन्छ रु
संसद प्रतिपक्षको थलोको रुपमा विकसित भएको हुन्छ । तर संसदमा प्रतिपक्षका माग नै सम्बोधन हुँदैनन् । अनि प्रतिपक्षले वेल घेराउ गरिरहँदा सरकारले जबरजस्ती कार्यक्रम अगाडि बढाउँछ । सरकारको लहलहैमा लागेर सभामुखले ओठ मिलाउँछन् भने गणतन्त्रको नाममा संसदीय व्यवस्थालाई कमजोर पार्ने प्रयास भइरहेको छ ।
अनि यही चलखेलबीच सबैभन्दा ठूलो दल निरीह भएको छ । साना दलहरुका भनाइ सम्बोधन त निकै टाढाको विषय भयो । अनि गणतन्त्रको बलमा यही गणतन्त्र ल्याउन अहम् भूमिका खेलेका सञ्चारमाध्यमलाई निमोठ्ने प्रयास पनि भइरहेको छ ।
प्रेस स्वतन्त्र हुन नसके नागरिकको सूचनाको हक खोसिन्छ । आफ्ना गल्तीहरु ढाकछोप गर्न सरकारले प्रेसमाथि हस्तक्षेप गरिरहेको छ । यस्तो क्रिया निरन्तर भइराख्यो भने सरकार परिवर्तन हुनु त ठूलो कुरा भएन तर गणतन्त्र नै खतरामा पर्ने निश्चित छ ।
गणतान्त्रिक सरकारले आलोचनाको कदर गर्ने र गल्तीलाई सच्याउने साहस गरेन भने उसको आयु धेरैसम्म चल्दै चल्दैन ।
विश्वका ठूला ठूला राजनीतिक परिवर्तनलाई हेरेर र नेपालको विगतलाई पल्टाएर पाठ नसिक्ने हो भने गणतन्त्र फगत नाममात्रको हुन्छ । जबसम्म गणतन्त्रको मान र मर्यादा राखिँदैन तबसम्म गणतन्त्र संस्थागत हुनै सक्दैन ।
गणतन्त्रका नाममा भ्रष्टाचारले निकै नै जरा गाडेको छ । संसदबाटै त्यस्ता विषयलाई उठान त गरिन्छ तर त्यहीँबाटै दबाउने काम भएको छ । ठूला ठूला मुद्दाको रहस्योद्घाटन संसदबाटै भएको हुन्छ । अनि कि त संसदीय समिति बनाइँदैन । कि बनाएर पनि त्यसको परिणामपछि कारबाही प्रक्रिया दबाइन्छ ।
यही अनुरुप आएका हुन् वाइड बडी घोटाला काण्ड, यती, ओम्नी, ललितानिवास, पशुपतिजलहरी, नक्कली भुटानी शरणार्थीको प्रकरण । अनि सर्वोच्च अदालतलेसमेत पनि दोष देखाएको गिरीबन्धु टि–स्टेट घोटाला काण्ड पनि कम्ती छैन ।
मिटरब्याज काण्ड अझै साम्य भएको छैन भने पछिल्लो समय सबैभन्दा जल्दोबल्दो समस्याका रुपमा देखिएको सहकारी ठगी प्रकरण लाखौँ नेपालीको बचत खतरामा परेको गम्भीर समस्या हो । यो भन्दा ठूलो समस्या अहिलेका लागि कुनै छँदैछैन ।
यही विषयमासमेत सरकार पन्छेर गणतन्त्र कहिँ कतैबाट पनि संस्थागत हुन सक्दैन । अनि जोमाथि गम्भीर आरोप लागेको छ उसैले नै जिम्मेवार मन्त्रालय सम्हाल्दा उसले सही काम गर्छ भन्ने आधार संसारको कुनै पनि नीतिले दिन सक्दैन ।
यस्तै प्रवृत्ति अपनाउँदै जाने हो भने गणतन्त्रको गरिमामाथि झन् कुठाराघात हुने देखिन्छ । सानालाई ऐन र ठूलालाई चैन भन्ने उखान गणतन्त्रमा पनि चरितार्थ गरिनु दुर्भाग्य हो । जसरी अहिले बेथितिले झनै बढी जरो गाडेको छ यसलाई सुधार गरेर नलैजाने हो भने गणतन्त्र टिक्ने कुनै आधार नै देखिँदैन । तसर्थ गणतन्त्रलाई मर्यादित बनाएर लैजानुको विकल्प छैन ।
भ्रष्टाचारलाई शून्यमा झारेर सुशासन कायम नगर्ने हो भने विकल्प अंकुराउन थाल्छ । अहिलेदेखि नै शुद्धिकरण थाल्नु जरुरी छ । गणतन्त्रको मान राखौँ, मर्यादित बनाऔँ । गणतन्त्र दिवसको शुभकामना ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१
१०:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
गहिरो दुःख पोख्दै नेता पोषण केसीले भने- 'अलबिदा भोला दाइ'
नंः २
उच्च अदालतले गर्यो राजकुमार हमाललाई जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा पुनर्वहाली
नंः ३
शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिन अध्यक्ष पौडेलको निर्देशन
नंः ४
बागेश्वरीपोष्ट डटकमका प्रधान सम्पादक नवीन गिरीलाई उत्कृष्ट पत्रकारिता सम्मान
नंः ५
समुदाय व्यवसाय सहजकर्ताका लागि बिक्री र सिप सम्बन्धि दुई दिने तालिम
स्थानीय तह
लुम्बिनी सरकारको उच्च प्राथमिकतामा वैकुण्ठधाम निर्माण योजना
बुधबार, मंसिर ५, २०८१
थप समाचार
सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडि नबढाउन पीडितले दिइन् निवेदन
मंगलबार, जेठ १५, २०८१
गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृहका कर्मचारी पक्राउ
मंगलबार, जेठ १५, २०८१
गृहसचिवले दिए ७७ जिल्लाका सिडिओलाई कार्यक्षेत्र नछाड्न निर्देशन
मंगलबार, जेठ १५, २०८१
एउटा दुर्घटनाले पक्रायो असई थमनको हत्याका ८ बर्षदेखि फरार भएका प्रतिवादी कौशल
मंगलबार, जेठ १५, २०८१