खोला र पोखरीमा डुबेर ७ वर्षीया नाबालिका र ५९ वर्षीय लिम्बूको मृत्यु
मोरङ । मोरङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ। मोरङको लेटाङस्थित राजारानीको वनभित्र बनाइएको राजा-रानी पोखरीमा डुबेर केरावारी गाउँपालिका-९ का ५९ वर्षीय भक्तबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ।
स्थानीय उपभोक्ता समितिले जंगली जनावरका लागि नेटाङ नगरपालिका-२ स्थित गारापानी सामुदायिक वनभित्र रहेको पोखरीमा नुहाउने क्रममा लिम्बूको डुबेर मृत्यु भएको हो।
यसैगरी कटहरीको सुखानी खोलामा डुबेर ७ वर्षीया नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। आइतबार साँझदेखि बेपत्ता भएकी कटहरी गाउँपालिका-५ का स्थानीय धर्म झाँगडकी छोरी प्रीतिको शव खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले दुबै मृत्यु घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ १८:४९
प्रतिक्रिया दिनुहोस्