दाङसहितका तीन जिल्लामामा नेपाल टेलिकमको सेवा अवरुद्ध

सोमबार, जेठ १४, २०८१
Neuro hospital Nepalgunj

दाङ । लुम्बिनी प्रदेश र कर्णालीका केही जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। दाङ , सल्यान र रुकुम लगायत क्षेत्रमा टेलिकमको सेवा आज बिहानदेखि अवरूद्ध भएको हो।

दाङको लमहीदेखि १३ किमी पश्चिम क्षेत्रमा अप्टिकल फाइबरमा समस्या देखिएको छ।

घोराही, तुलसीपुर, सल्यान र रूकुमलगायत क्षेत्रमा बिहान ९:२४ बजेदेखी नेपाल टेलिकमको सेवा अवरूद्ध भएको र मर्मतका लागि लमहीबाट टोली गएको नेपाल टेलिकम भैरहवाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्