नारायणगढ-मुग्लिन सडकमा ३ वटा बस र एउटा ट्रक एकआपसमा ठोक्किँए, एकको मृत्यु,२२ जना घाइते

सोमबार, जेठ १४, २०८१
Neuro hospital Nepalgunj

चितवन। नारायण-मुग्लिन सडक खण्डमा ४ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २२ जना घाइते भएका छन् ।

चितवनस्थित भरतपुर महानगरको वडा नम्बर २९ मा आज बिहान पौने १ बजेतिर काठमाडौंदेखि प्युठानतर्फ जाँदै गरेको बा४ ख ९०८६ नम्बरको यात्रु बाहक बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंदेखि बर्दिवास जाँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना६ख ८९६८ नम्बरको यात्रु बाहक बस एक ठाँउमा ठोक्किँएको चितवन प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेको अन्दाज १७ -१८ वर्षीय युवकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका ८ जनाको अवस्थामा गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार सुरुमा प्युठान जाँदै गरेको बस र ट्रक ठोक्किँए पछि अन्य गाडी त्यही ठोक्किँएका थिए।

दुर्घटनामा घाइते भएका सबै घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्