भेरी अस्पतालका डाक्टर सुवेदीलाई योङ्ग गाइनोकोलोजिष्ट अवार्ड

आइतबार, जेठ १३, २०८१

काठमाडौं । सिनियर कन्सल्टेन्ट प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी योङ्ग गाइनोकोलोजिष्ट अवार्ड २०२४ का लागि छनौट भएका छन् ।

भेरी अस्पताल नेपालगन्जमा कार्यरत डा. सुवेदी दक्षिण कोरियामा हालै सम्पन्न एशिया तथा ओसियाना राष्ट्रको प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै  योङ्ग गाइनेकोलोजिष्ट अवार्डका लागि छनोट भएका हुन्  । एसिया तथा ओसियाना राष्ट्रका विभिन्न देशका प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरुले भाग लिने गरेका छन् ।

भेरी अस्पतालमा प्रसूति तथा स्त्री रोग उपचारमा डा.सुवेदी अब्बल चिकित्सक हुन्  । गाइनो विभागलाई स्तरीय बनाउन डा.सुवेदीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् 

। यसअघि काठमाडौंस्थित प्रसूति गृहमा बसेर सेवा प्रवाह गर्दै आएका डा.सुवेदीले भेरी अस्पतालबाट सेवा दिन थालेपछि जटिल खालका शल्यक्रिया समेत भइरहेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्