अत्याधिक गर्मी बढेपछि नेपालगञ्जका विद्यालयमा तीन दिन बिदा

आइतबार, जेठ १३, २०८१

बाँके  । गर्मी अत्याधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी विदा दिएको छ । अत्याधिक गर्मी र 'लु' का कारण पठनपाठनमा समस्या भएपछि तीन दिन विद्यालयहरुमा विदा दिइएको हो । 

शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्ख बहादुर थापाले जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको बताए । विपद व्यवस्थापन समितिको वैठकको निर्णय अनुसार विदा दिइएको हो ।

१५ गते गणतन्त्र दिवसको सार्वजनिक विदा छ भने १९ गते शनिवार परेको छ । नेपालगन्जको तापक्रम ४० डिग्री सेल्सियस माथि पुगेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्