पोखरामा गृहमन्त्रीको राजीनामा माग्दै सहकारी पीडितको प्रदर्शन

आइतबार, जेठ १३, २०८१
Neuro hospital Nepalgunj

पोखरा । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री मुछिएकाले तत्काल राजीनामा दिनुपर्ने बताउँदै सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् ।

पोखरामा रहेका विभिन्न ७ सहकारीका बचतकर्ताहरुले आज गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् । सहकारीमा आफूहरुले बचत गरेको रकम फिर्ता नपाएको भन्दै पोखरास्थित सुर्यदर्शन , मित्रमिलन, प्राइम, शिवशिखर,विन्ध्यावासिनी,बलिदानी र इमेज सहकारीका बचतकर्ताहरुले भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्रदर्शनका क्रममा ' जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ' भन्दै गृहमन्त्रीको राजीनामा मात्रै नगरी बचत रकम हिनामिनाको लागि संसदीय छानबिन समिति गर्न समेत माग गरेका हुन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्