बाँकेमा डुडुवाको मदरसाबाट आइ.पी.भी. खोप अभियान सुरु, ३५ हजारलाई लगाइँदै खोप

आइतबार, जेठ १३, २०८१

बाँके । बाँकेमा डुडुवा गाउँपालिकास्थित मदरसाबाट पोलियो विरुद्धको आइ.पीभी. खोप अभियान शुभारम्भ गरिएको छ । डुडुवाको हिरमिनिया सुब्बापुर्वास्थित मदर्सा दारुलउलूम इस्लामया कादिर्या नुरी मस्जिदबाट आइ.पी.भी.खोप अभियान शुभारम्भ गरिएको हो ।

आजदेखि देशब्यापीरुपमा शुरु भएको अभियान अन्तर्गत बाँके जिल्लाका ३५ हजार ७ सय ५ बालबालिकालाई आ।पी।भी खोप लगाइँदैछ । २०७३ बैशाखदेखि २०७५ आश्विन महिनाभित्र जन्मेका बालबालिकालाई पोलियो विरुद्धको आ।पी।भी। खोप दिने लक्ष्य छ । त्यसका लागि बाँकेमा २ सय ४३ वटा खोप केन्द्र तोकिएको छ । यस्तै २ सय ४३ जना खोप दिने स्वास्थ्यकर्मी र ४ सय ८६ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरिएको छ । 

खोप अभियान जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ । बाँकेमा सकेसम्म २४ गतेभित्र लक्षित सम्पूर्ण बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको खोप संयोजक नरेश श्रेष्ठले जानकारी दिए । उनले आठ वटै पालिकामा एकैसाथ खोप सञ्चालन भएको जानकारी दिए । नेपालगञ्जमा ९ हजार १ सय २९, डुडुवामा १ हजार ९ सय ६३, कोहलपुरमा ८ हजार, जानकीमा २ हजार १ सय २३, खजुरामा ४ हजार ९ सय ६१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

त्यसैगरी बैजनाथमा ३ हजार १ सय ३१, राप्तीसोनारीमा ३ हजार २ सय ३१ र नरैनापुरमा ३ हजार १ सय ६८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्