प्रधानमन्त्री पुगे शेरबहादुर देउवालाई भेट्न् बुढानीलकण्ठ

आइतबार, जेठ १३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुढानीलकण्ठ पुगेका छन् ।

आज बिहान प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्ड कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदमा अवरोध गरिरहेको र संसदीय छानबिन समितिको कार्यादेशको विषयमा जारी विवादबारे र संसदको अवरोध हटाउन राजनीतिक सहमतिको  छलफल गर्न देउवा निवास पुगेका हुन् ।

जेठ १५ गते मंगलबार संघीय सरकारले आर्थिक वर्षको वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको र अहिलेसम्म सरकारको नीति तथा कार्यक्रम समेत पारित हुन नसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासमा लिन देउवा निवास पुगेको बुझिएको छ ।

तर कांग्रेस भने लाखौँ नेपाली नागरिक सहकारी पीडित भएकाले उनीहरुको हकहितका लागि पनि कांग्रेसले आफ्नो अडान नछाड्ने देउवाले बताएका छन् । 

कांग्रेसले गृहमन्त्री रवि लामिछानेसमेत सहकारी ठगी प्रकरणमा मुछिएकाले उनीसहित सबै बदमासी भएका सहकारीको छानबिन गर्न समिति बन्नुपर्ने माग कांग्रेसको छ ।

सत्तापक्षले भने रविको नाम तोकेर छानबिन गर्न नहुने भन्दै सहकारीहरुको हकमा छानबिन गर्न कार्यादेशमा तोक्न सकिने बताएका छन् । कांग्रेसले भने रवि पनि बदामासीमा मुछिएकाले उनलाई उन्मिुक्ति दिन नहुने बताउँदै आएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली गिरीबन्धु टि–स्टेटको नीतिगत भ्रष्टाचारमा मुछिएकाले उनीमाथिसमेत पनि छानबिन गर्न कांग्रेसले माग गरेको छ । कांग्रेसले आजैदेखि सहकारी पीडितको हकहितका लागि सडक आन्दोलनसमेत थालेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्