गुजरातको गेम जोनमा आगलागी हुँदा २७ जनाको मृत्यु

आइतबार, जेठ १३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । भारतको गुजरातको स्थित  एक गेम जोनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। राजकोटस्थित मवारोड टिआरपी गेम जोनमा आगलागीबाट मृत्युु हुनेमा अधिकांश बालबालिका रहेको भारतीय गृह मन्त्रालयले जनाएको छ।

शनिबार अपराह्न साढे ४ गेम जोनको ग्राउन्ड फ्लोरबाट सुरु भएको आगो केहीबेरमै जोनमै फलिएको हो। आगलागी हुँदा त्यहा बालबालिका र उनीहरुका अभिवावकहरु थिए। करिब ६ घन्टामा आगलागीलाई नियन्त्रणमा लिएर त्यहा फसेकालाई उद्धार गरिएको थियो।

आगलागीका क्रममा गेम जोनमा रहेका मध्ये २० जनालाई सकुशल उद्धार गरिएको त्यहाको प्रहरीले जनाएको छ। त्यस गेम जोनमा करिव ७० जना जति रहेको बताइएको छ।

आगलागीबाट मृत्यु भएकाहरुको शरीर जलेकाले शवको पहिचान हुन नसकेको बताइएको छ। प्रहरीले गेम जोनका सन्चालकलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान सुय गरेको छ भने त्यहाका मुख्यमन्त्री भुपेन्द्र पटेल मृतकका परिवारलाई ४ लाख र घाइतेको उपचारका लागि ५० हजार रुपैयाँ दिए घोषणा गरेका छन् ।

गेम जोनमा विद्युत सर्त भएर आगलागी भएको प्रहरीले अनुमान गरेपनि घटनाको बारेमा एकिन केही भन्न नसकिने प्रहरीले बताएको छ। घटनाको अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्