प्रेस युनियनको स्थापना दिवसमा पत्रकार र स्वास्थ्यकर्मीको मैत्रीपूर्ण फुटसल,पत्रकार पराजित

भोलि लक्ष्मी सरस्वती पोलिक्लिनिकले पत्रकारका लागि स्वास्थ्य शिविर गर्दै
शनिबार, जेठ १२, २०८१
Neuro hospital Nepalgunj

नेपालगन्ज  । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा आज नेपालगन्जमा मैत्रीपूर्ण फुटसल खेलिएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपूर्ण फुटसलमा प्रेस युनियन सम्वद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघसँग आवद्ध महिला उद्यमीहरुले प्रतिस्पर्धा गरेेका थिए । 

पहिलाे खेलमा महिला पत्रकार र महिला उधमीबीच भएकाे खेलमा दबै टाेलीले १-१ गाेल गरेका थिए । महिला पत्रकारकाेे तर्फबाट खेलकाे पहिलाे हाफमा साबित्री गिरीले गोल गरिन भने  खेलकाे दाेस्राे हाफमा महिला उद्यमीहरुको तर्फबाट मिना चौधरीले १ गोल गरेकी हुन्  । दबै टिमकाे खेल एकदमै राेमाञ्चक भएकाे थियाे । 

यसैगरी प्रेस युनियन सम्वद्ध पुरुष पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँके आवद्ध स्वास्थ्यकर्मीबीच अर्को मैत्रीपूर्ण फुटसल भएको थियो । सो खेलमा स्वास्थ्यकर्मीले पत्रकारको टिमलाई ७-० ले हराएकाे थियाे ।

आज बिहान नेपालगञ्ज आदर्शनगरस्थित बागेश्वरी फुटसल एण्ड स्पोटर्स हबकाे खेल मैदानमा भएको खेलमा दाेस्राे खेलमा स्वास्थ्यकर्मीको तर्फबाट डा.शुविन साहुले २ गोल, डा.शिखर शाही, सन्देश शाही, कपिल विष्ट, शिविर रेग्मीले १-१ गोल गरेका थिए।

मैत्रीपूर्ण फुटसल प्रतियोगितालाई नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले उद्घाटन गरेका हुन्।सभापति गौडेलले प्रेस युनियनको वर्तमान कार्यसमितिले सुरुआतदेखि रचनात्मक कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिएका थिए । 

युनियनको स्थापना दिवसको अवसरमा सम्पुर्ण पत्रकारहरुलाई शुभकामना दिदै सभापति गौडेलले भने, 'युनियनले थुप्रै सामाजिक काम गरेको छ । समाजमा सकारात्मक सन्देश दिएको छ । यो कार्यसमिति निकै क्रियाशिल छ । तपाईहरुको साथमा नेपाली कांग्रेस बाँके सधै रहनेछ । मैत्रीपुर्ण फुटसलले आपसी सम्बन्ध विस्तारमा सहयोग गर्नेछ । यस्ता कार्यले नयाँ उत्साह, उमंग र उर्जा थप्ने काम गर्छ ।'

नेपाल प्रेस युनियन बाँके अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष  प्रियास्मृति ढकालले पत्रकारिता क्षेत्रमा हामीले नियमित काम गर्दै आइरहेको स्मरण गराउँदै नयाँ कार्यक्रम आयोजना गरिएको बताए । मैत्रीपुर्ण फुटसलले पत्रकारहरुलाई स्वस्थ राख्न सहयोग गर्नुका साथै आपसमा सम्बन्ध विस्तार गर्नमा सहयोग पनि गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, सचिवालय सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोख्ररेल लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा उपाध्यक्ष कमल खत्रीले स्वागत गरेका थिए। स्थापना दिवसको अवसरमा भोलि युनियन बाँके शाखाले जिल्लामा क्रियाशिल सम्पुर्ण पत्रकारहरुका निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको युनियन बाँके सचिव भीष्म लाेधले जानकारी दिए । 

नेपालगन्जको गणेेशमान चाेकस्थित लक्ष्मी सरस्वती पाेलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरकाे सहकार्यमा भोलि बिहान ७ बजेदेखि बाँकेका सम्पूर्ण पत्रकारहरूकाे पश्चिम नेपालका एकमात्र मृगाैला राेग बिशेषज्ञ डा.सौरभ हमालले स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम तय गरिएकाे छ । शिविरमा सम्पूर्ण पत्रकार सहभाागि हुन सचिव लाेधले आग्रह समेत गरेका छन्  ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्