अमेरिका जान नपाए पनि के सन्दीपले वेष्ट इन्डिजमा हुने दुई खेल खेल्न पाउलान् ?

शनिबार, जेठ १२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला अमेरिका र वेष्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा खेल पाउँछन् वा पाउँदैनन् भन्ने विषयमा सबैलाई कौतुहलता भइरहेको छ। भनौ अझै उनको यो विषयमा अन्यौल नै छ।

टी-२० विश्वकपमा सहभागी हुनका लागि अमेरिकाले सन्दीपलाई भिसा नदिएपछि उनी अमेरिका जाने नजानेमा अझै केही भन्न नसकिने अवस्था कायमै छ। विश्वकपको लागि १५ सदस्यीय टोलीको अन्तिम नामावली बुझाउने समय नजिकिदै गर्दा सन्दीपको अमेरिकाको भिसाको टुंगो लाग्न सकेको छैन ।

नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्रालय नै सन्दीपको भिसाको पहल गरिरहेको छ भने मन्त्रालयले परराष्ट्र मन्त्रालयमा सन्दीपको भिसाको पहल गरिदिन पत्रसमेत पठाइसकेको छ।

क्यानका अध्यक्षले चतुरबहादुर चन्दले भने-" अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र क्यानबीच नेपालले बुझाउने १५ खेलाडीहरुमा १४ खेलाडीको सूचीमात्र बुझाउने र सन्दीपको भिसाको टुंगो लागेपछि १५ खेलाडीको रुपमा सन्दीपको नाम बुझाउने सहमति भएको छ।

आईसीसीले अमेरिकाले भिसा नदिएका कारण सन्दीपको बारेमा बताउँदै अन्तिम समयमा भिसा आएमा पनि उनलाई नेपाली टोलीमा सामेल गर्न सकिने जानकारी दिएको छ।

क्यान अध्यक्ष चन्दका अनुसार यदि सन्दीपलाई अमेरिकाले भिसा नदिएको खण्डमा नेपालले वेष्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग हुने खेलमा सन्दीपलाई खेलाउने विषयमा आईसीसीसँग कुराकानी भइरहेको जानकारी दिएका छन् ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गरेपछि क्यानले निलम्बन गरेका सन्दीपलाई उच्च अदालत पाटनले सफाई दिएपछि क्यानले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समाबेश गरेको हो।

 

 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्