लुम्बिनी, बागमती र कोशीमा बिहानैदेखि वर्षा

शनिबार, जेठ १२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । जल तथा मौसम अनुमान महाशाखाले  हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।  महाशाखाका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । 

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही  बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग–हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्