काठमाडौँमै पाल्पा दर्शन, ऐतिहासिक र दुर्लभ तस्बिरहरुको प्रदर्शनी

शुक्रबार, जेठ ११, २०८१

काठमाडौं ।  पाल्पाको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ काठमाडौमा पाल्पा दर्शन कार्यक्रम गरिएको छ । नागपोखरी नजिकै रहेको होटल अरन्यमा भएको कार्यक्रमको उद्घाटन मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधिश खिलराज रेग्मीले गरेका थिए।

कार्यक्रममा पूर्व मन्त्रीहरु एनपी साउद्, सुरेन्द्रराज आचार्य, काँग्रेस सांसद डा. आरजु राणा देउवा, एकिकृत समाजवादीकी सांसद राज्यलक्ष्मी गहिरे, एमाले सांसद सुवाङ नेम्वाङ, काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, पोर्चुगलका लागि नेपालका राजदूत सनिल नेपाल, राष्ट्रपतिका पुर्व सल्लाहकार तथा नेपाल राष्ट्र वैंकका पुर्व गभर्नर डा. चिरन्जीव नेपाल, काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिं पुन, एआईजी किरण बज्राचार्य, चर्चित कलाकार धिरेन शाक्यसहित विशिष्ट व्यक्तिहरुको उल्लेख्य सहभागीता रहेको थियो । 

नेपाल दर्शन प्रा.लीको आयोजनामा भएको फोटो प्रदर्शन कार्यक्रममा सहभागीहरुले प्रदर्शनीस्थलमा राखिएका ऐतिहासिक तथा दुर्लभ तस्वीरहरुको रुचिपुर्वक अवलोकन गरेका थिए । प्रदर्शनीमा पाल्पालाई मुख्य प्राथमिकता दिइएको भएपनि अन्य जिल्लाहरुका मुख्य मुख्य पर्यटकिय स्थलहरुको तस्वीर समेत प्रदेशगत रुपमा राखिएको थियो । 

नेपाल दर्शनले आन्तरिक तथा वाह्य पर्यटकलाई नेपाल भ्रमणका लागि विभिन्न प्याकेजहरु सञ्चालन गर्दै आएको छ । हरेक शनिबार काठमाडौ उपत्यकाका सात प्रमुख सम्पदा स्थलहरुको भ्रमण गराउने नेपाल दर्शनको सम्पदा दर्शन कार्यक्रम निकै लोकप्रिय भएको यसका सञ्चालक सन्दीप रानाले बताए।

उनका अनुसार सम्पदा दर्शनका लागि शनिबार विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म नेपाल दर्शनको आफ्नै पर्यटक बससहितको प्याकेज रहेको छ । 

साथै धार्मिक, सांस्कृति र प्राकृतिक पर्यटनलाई पनि नेपाल दर्शनले विषेश प्राथमिकता दिने गरेको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्