ललितपुरको हात्तीवनमा बसको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

शनिबार, साउन ६, २०८०
Neuro hospital Nepalgunj

ललितपुर । ललितपुरमा बसको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु भएको छ।

ललितपुरको हात्तीवन पुल नजिकै गोदावरीबाट लगनखेल जाँदै गरेको बा ३ ख ४१०८ नम्‍बरको बसले आज बिहान विपरीत दिशाबाट हरिसिद्धी जाँदै गरेको बा ५६ प ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका थिए ।

ललितपुर प्रहरीका अनुसार गम्भीर घाइते भएका काभ्रे बेथानचोक ठेगाना भई ललितपुर ठैब बस्ने २९ वर्षीय जिवन तामाङ र मकवानपुर हेटौंडाका अन्दाजी ३२ वर्षीय मानबहादुर वाइबाको उपचारका क्रममा  बिएन्डबी अस्पतालमा मृत्यु भएको हो। 

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्