विशेष अदालतले दोषी ठहर गरेका इन्जिनियर मृत भेटिए

शुक्रबार, जेठ ११, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । विशेष अदालतबाट दोषी ठहर भएका इन्जिनियर झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

विशेष अदालतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरपुरको लोकन्थलीमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

लोकन्थलीस्थित  आँखा अस्पताल नजिकैको एक घरमा मृत भेटिएका ५७ वर्षीय सिनियर डिभिजन इन्जिनियर पोखरेलको आज पोस्टमार्टम गरिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।

मृतक पोखरेललाई विशेष अदालतले जेठ ८ गते ६ महिना जेल र ५ करोड ८४ लाख ५५ हजार रुपैयाँ जरिवाना र बिगो बराबरको रकम असुल उपरको फैसला सुनाएको थियो।

प्रहरीले उनले एउटा सुसाइड नोट लेखेर आफ्नो मृत्युमा कसैको हात नरहेको उल्लेख गरेको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्