विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, बैठक अब जेठ १३ गते

शुक्रबार, जेठ ११, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेससहित अन्य विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । 

सरकारको नीति तथा कार्यक्रम पारित हुन बसेको बैठकमा अवरोध भएपछि जेठ १३ गते बस्ने गरि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । 

कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिनमा गृहमन्त्री रवि लामिछानेको नाम राख्नै पर्ने अडान गरेर संसद अवरोध गर्दै आएको छ भने रविको नाम राख्न नहुने गठबन्धनको जोड दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्