कैलाश सिरोहियालाई पक्राउ गरेकोमा अन्तर्राष्ट्रिय मिडिया संगठनहरुद्वारा निन्दा,रिहाइको माग

शुक्रबार, जेठ ११, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)सहित विभिन्न अन्तर्राष्ट्रिय मिडिया संगठनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको घटनामा गम्भीर चासो व्यक्त गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

सिरोहियाको रिहाइको माग गर्दै आईएफजे, सोसाइटी अफ प्रोफेसनल जर्नालिस्ट्स (एसपीजे) अमेरिका, संसारभर प्रेस स्वतन्त्रता बारेमा प्रतिवेदन तयार गर्ने रिपोर्टर्स विदाउट बोर्डस( आरएसएफ), कमिटेे टु प्रोटेक्ट जोर्नालिस्ट्स( सिपीजे)लगायतका अन्तर्राष्ट्रिय मिडिया संगठनले विज्ञप्ति जारी गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपमा अध्यक्ष सिरोहियालाई पक्राउ गरेको घटनामा गम्भीर चिन्ताको विषय रहेको जनाउँदै व्यक्तिगत तथा राजनीतिक कारणले पत्रकार र सन्चारकर्मीहरुविरुद्ध अनुसन्धानलाई सुचित गर्न नसकिने र अधिकारीहरुले प्रेस स्वतन्त्रताप्रति नेपालको प्रतिवद्धतालाई सुनिश्चित गर्नुपर्ने जनाएको छ।

यसैबीच नेपालस्थित अमेरिकी दूतावासले पनि नेपाल सरकारले लोकतन्त्रलाई   सुशासन , प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकार सुनिश्चित गर्ने आशा राखेको जानकारी गराइसकेको छ।

सिरोहियालाई जिल्ला अदालत धनुषाले जारी गरेको पक्राउ पुर्जीको आदेशमा अपराध अनुसन्धान कार्यालयको टोलीले गत मंगलबार साँझ कान्तिपुर ग्रुपको कार्यालयबाट पक्राउ गरेर धनुषा लिएर गएको हो। उनलाई लिएर गएको भोलिपल्ट धनुषा जिल्ला अदालतले अनुसन्धान गर्न धनुषा प्रहरीलाई ३ दिनको समय दिएको थियो।

https://www.ifj.org/media-centre/news/detail/category/press-releases/article/nepal-media-house-chair-arrested

https://cpj.org/2024/05/chair-of-nepals-largest-media-group-arrested-after-publication-of-reports-alleging-fraud/

https://x.com/RSF_inter/status/1793571843317915834

https://x.com/spj_tweets/status/1793378802716061839

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्