प्रलोभन देखाएर तुलसीपुरका ४५ बढी किसानमाथि ठगीधन्दा, गुहार्दै प्रहरी

शुक्रबार, जेठ ११, २०८१
Neuro hospital Nepalgunj

दाङ । सुर्खेतको एक कम्पनीले दाङमा प्रलोभन देखाएर ठगी गरेको पाइएको छ। सुर्खेतको एग्रो प्रालिले दाङमा ठगी धन्दा चलाएको खुलासा भएपछि प्रहरी याक्सनमा आएको छ।

सुर्खेतको वीरेन्द्रनगर -१० स्थित ‘जनता बहुउदेश्य एग्रो फरेष्टी प्रालि' का पदाधिकारी तथा कर्मचारी मिलेर दाङ तुलसीपुर उपमहानगरपालिका -४ का ४५ बढी सर्वसाधारण किसानलाई बिभिन्न प्रलोभन देखाइ ठगेको खुलेको छ ।

स्थानीय ५० बर्षीया सीता केसी , ५७ बर्षीय धनबहादुर पुन, स्थानीय ५४ बर्षीय रुद्रप्रशाद खनाल, ३३ बर्षीय नमराज कँडेल, शालिकराम डाँगी लगाएतका किसान उक्त एग्रो प्रालिबाट ठगिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् ।

सर्वसाधारण किसानलाई कुखुरा पाल्न खोर बनाउन खर्च भएको रकम मध्य आधा उपलब्ध गराउने, पाल्ने क्रममा जति चल्ला मर्छन सट्टामा निशुल्क रुपमा त्यत्ति नै चल्ला उपलब्ध गराउने, औषधि उपचार खर्चपनि बेहोर्ने, बेच्नलाई तयार भएको कुखुरा मरेपछि बिमा बाफत क्षतिपुर्ती उपलब्ध गराउने, बेच्न तयार भएपछि प्रति कुखुरा प्रतिकेजी सातदेखि नौं सयका दरले आँफैले खरिद गर्ने आश्वासन बाँडेको उनीहरुले बताएका छन् ।

एकल महिला, अपाङ्गता भएका ब्यक्ति, दलित र बिपन्न बर्गका लागि उनीहरुले अनुदानमा एउटा बोयर जातको बोका र एउटा बाख्री निशुल्क उपलब्ध गराउने आश्वासन बाँडेको स्थानीयले बताएका छन् ।

बोयर बोका अनुदानको प्रलोभन देखाएर ५५ रुपैंया पाइने कुखुराको चल्ला एउटालाई तीन सयमा बिक्री गरेर ठगी गरेको तुलसीपुर- ४ का वडाध्यक्ष तुलसीराम थापाले बताए।

सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने समुहलाई के गर्ने भन्ने बारेमा किसानसडसँग छलफल भइरहेको वडाध्यक्ष थापाले जानकारी दिए । यो समुहले सोझा साझा मानिसहरुको पहिचान गरि औषतमा ५० देखि ५५ रुपैंयामा किन्न पाइने चल्ला एउटालाई प्रति चल्ला तीन सयमा बेचेर किसान माथि ठूलो ठगी गरेको प्रहरी प्रशासनपनि बताउँछ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्ष नवचन्द्र मल्लले त्यसबारे अनुसन्धान जारी रहेको बताए । एग्रो प्रालिले पहिले बाँडेको आश्वासन अनुसार ‘जनता बहुउदेश्य एग्रो फरेष्टी प्रालि बीरेन्द्रनगर नगरपालिका – १० सुर्खेत’को नाममा ठगी भएको देखिएपनि त्यस्को लागि पुग्ने सबुत प्रमाण भने किसानले उपलब्ध गराउन नसकेको जानकारी दिए ।

झन्डै ५० हराहारीमा किसानले आएर ठाडो उजुरी दिएपनि के गर्ने र कसरी अगाडि बढ्ने भन्ने बारेमा राय लिन बाँकी रहेको मल्लले बताए ।

सुर्खेतमा प्रालि रहेको निर्दोश सिंहको समुह चल्ला बेचेपछि केही समय किसानको सम्पर्कमा रहेपनि कुखुरा बेच्नका लागि तयार हुँदै गर्दा सम्पर्क बिहीन बेनेको थियो ।

पटक–पटक इप्रका पुगेका किसानको गुनासोका आधारमा प्रहरी निरीक्षक नवराज केसी एग्रो प्रालिकी स्थानीय प्रतिनिधि बताउने बालिका थापा हुँदै त्यसका प्रमुख निर्दौश सिंहसँग पुगेका थिए ।

केसीले सुर्खेत प्रहरीको सहयोगमा बैशाख २६ गते निर्दौश सिंहलाई इप्रका तुलसीपुर झिकाएर किसानसँग सम्झौता  गराएका थिए । त्यो सम्झौता अुनसार जेठ ८ गते भित्रै निर्दौश सिंहले किसानका सबै कुखुरा आँफै उठाएर लैजान प्रहरी समक्ष बचन दिएका थिए ।

तर, सिंह जेठ महिना सुरु हुनु भन्दा पहिले नै सम्पर्क बिहीन बनेपछि फेरि किसान प्रहरीको मुख ताक्न बाध्य बनेका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्