१ क्विन्टल सुन प्रकरणको छानबिन गर्न ५ जना अधिकृत खटिए

शनिबार, साउन ६, २०८०

काठमाडौं । १ क्विन्टल अवैध सुन बरामद प्रकरण बारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले  ५ जना अधिकृतलाई जिम्मेवारी दिएको छ।

अनुसन्धानका लागि जिम्मेवारी दिएका अधिकृत नाम भने बिभागले खुलाएको छैन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बहिरिएको १ क्विन्टल सुन प्रकरणमा भन्सार बिभागले जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाल, भन्सारका अपरेटर सरोज श्रेष्ठ र  भन्सार एजेन्ट यादव पराजुली पनि छानबिनका लागि निलम्बन गरिसकेको छ।

मंगलबार हङकङदेखि क्याथे प्यासिफिक एयरबाट काठमाडौँ ल्याइएको १ क्विन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा  राजस्व अनुसन्धान विभागले १० जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा एक जना चिनिया नागरिक जीक्वाङ लिनसमेत छन् । 

 

 

 

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्