राष्ट्रिय अनुसन्धान विभागले खुलायो ठुलो संख्यामा जागिर

शुक्रबार, जेठ ११, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । ठुलो संख्यामा राष्ट्रिय अनुसन्धान विभागले कर्मचारीको माग गरेको छ। आज एक सूचना जारी गर्दै अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारीको माग गरेको हो।

राष्ट्रिय अनुसन्धान विभागले विशेष सेवाका लागि सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि २५२ जनाका लागि दरखास्त आह्वान गरेको हो।

विभागको जारी सूचनामा सहायक सूचक पदका लागि २३४ , सुरक्षा गार्डमा १६ जना र २ जना परिचर माग गरिएको छ। आवेदन दिन एक महिनाको समय तोकिदै सहायक सूचकका लागि अनलाइनबाट आवेदन दिने र अन्य पदका लागि तोकिएको स्थानमा गएर आवेदन दिन सकिने राष्ट्रिय अनुसन्धान विभागले जनाएको छ।

यस्तो छ सूचना -

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्