आरसिबी आईपीएलबाट बाहिरियो, क्वालिफायर २ मा हैदरावाद र आरआर भिड्ने

बिहीबार, जेठ १०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरुबीच इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बहिरिएको छ। गएराति भएको एलिमिनेटर खेलमा  राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुँदा आरसिबी क्वालिफायर २  पुग्नबाट रोकिएको हो।

एलिमिनेटर खेल अन्तर्गत टस हारेर ब्याटिङ गरेको आरसिबीले २० ओभरमा सबै विकेट गुमाएर दिएको १७३ रनको लक्ष्यलाई आरआरले १९ ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको हो।

आरआरका लागि एसएसभी जैसवालले सर्वाधिक ४५ रन बनाउदा रियान परागले ३६ रन बनाए। आरसिबीका मोहम्मद सिराजले सर्वाधिक २ विकेट लिए।

पहिलो ब्याटिङ गरेको आरसिबीका लागि रजत पडिटारले सर्वाधिक ३४, बिराट कोहलीले ३४ र महिपल लोमरोरले ३२ रन बनाएका थिए। आरआर अभेस खानले सर्वाधिक  ३ र रविचन्द्रन आस्विनले २ विकेट लिए।

अब पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको सनराइजर्स हैदराबादले एलिमिनेटरमा जित हासिल गरेको आरसँग दोस्रो क्वालिफायर खेल्नेछ। यस खेलमा विजयी हुने टोलीले कोलकातासँग फाइनल खेल्नेछ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्