नेपालगन्जबाट २३ लाख रुपैयाँ बढीको मोबाइल डिस्प्ले बरामद

बुधबार, जेठ ९, २०८१
Neuro hospital Nepalgunj

बाँके । बाँके प्रहरीले भारतबाट भन्सार छ्ली गरेर ल्याइएको ठुलो परिमाणमा मोबाइल डिस्प्ले बरामद गरेको छ।

जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले आज नेपालगन्ज-२ सेतुबिक चोकबाट भन्सार छली गरेर ल्याइएको ९ सय २३ पिस स्मार्ट मोबाइल डिस्प्ले बरामद गरेको जानकारी दिएको छ।

जिल्ला प्रहरी बाँके बरामद गरिएको २३ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको ९ सय २३ पिस मोबाइल डिस्प्लेलाई आजै नेपालगन्ज भन्सार कार्यालय बुझाएको जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्