झण्डै डेढ क्विन्टल मासु र लत्ताकपडासहित दुई जना पक्राउ

बुधबार, जेठ ९, २०८१

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले भारतबाट अवैध रुपमा ल्याइएको लत्ताकपडा र झण्डै डेढ क्विन्टल बोइलर कुखुराको मासु बरामद गरेको छ।

आज बाँके प्रहरीले अवैध रुपले नेपालगन्ज ल्याइएको २७ पिस कुर्ता सुरुवाल नेपालगन्ज-१ धम्बोझीबाट बरामद गरेको जनाएको छ। त्यसैगरी दुई जना  नागरिकसहित १ क्विन्टल ४० किलो बोइलर कुखुराको मासु बरामद गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रहरीले अवैध कुखुराको मासुसहित भारतस्थित बहराईच बस्ने मोहम्मद ईसाहक र  नेपालगन्ज-८ का  समिर कुरेशीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी बाँकेले बरामद गरिएको अवैध लत्ताकपडा र मासुसहित दुई जनालाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जनाएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्