कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

बुधबार, जेठ ९, २०८१
Neuro hospital Nepalgunj

जनकपुर । जिल्ला अदालत धनुषाले पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले आज दुबै पक्षको बयान सुनिसकेपछि ३ दिन हिरासत राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

नागरिक प्रकरणमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि सिरोहियालाई कान्तिपुरको कार्यालयबाट अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ पक्राउ गरेको थियो।

उनको पक्राउको विरुद्धमा चौतर्फी विरोध भइरहेको छ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्