नेपालले लोकतन्त्रलाई सुशासन, प्रेस स्वतन्त्रता र मौलिक अधिकार सुनिश्चित गर्ने आशा गरेका छौं

बुधबार, जेठ ९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपालले लोकतन्त्रलाई सुशासन, प्रेस स्वतन्त्रता र मौलिक अधिकार सुनिश्चित गर्ने आशा राखेको अमेरिकाले जनाएको छ । आज नेपालका लागि अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत नेपालमा कठिन संघर्षपछि प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरु सुनिश्चित गर्नेमा आशा राखेको जनाएको हो । 

दूतावासले सरकार र जनताले पनि सार्थक संवाद गर्ने आशा राखेको जनाएको छ । 

अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मागदर्शक सिद्धान्त रहेको दूतावासले  उल्लेख गरेको छ । 

अमेरिकी राजदुतावासले धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जीको आदेश लिएर अपराध अनुसन्धान कार्यालयको टोली मंगलबार कान्तिपुरको कार्यालयमै गएर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि दूतावासबाट यस्तो भनाइ आएको हो । 

के भनेको छ अमेरिकी दूतावासले-  

“अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्