कैलाश सिरोहिया पक्राउ सम्बन्धमा धेरै होहल्ला गर्न जरुरी छैन् :प्रधानमन्त्री

बुधबार, जेठ ९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं ।  कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियासँग आफ्नो कुनै रिसिइबी नरहेको बताउँदै अदालतको प्रक्रियामा धेरै हो-हल्ला नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

आज चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सिरोहियासँग कुनै रिसिइवी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए ।

उनले भने, ‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसिइबी ? अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।’ उहाँको पक्राउ बारे धेरै होहल्ला गर्न जरुरी नभएको प्रधानमन्त्री बताएका हुन् ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्