श्रीमान्-श्रीमती मृत भेटिए, हत्याको आशंका

बुधबार, जेठ ९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । काभ्रेमा श्रीमान् - श्रीमती  मृत भेटिएका छन् । जिल्लाको महाभारत गाउँपालिका-४ को तीन फुट्टेमा श्रीमान् - श्रीमती मृत फेला परेको काभ्रे प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृत भेटिएकाहरु ६० वर्षीयमानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बल हुन् । 

घटना शंकास्पद रहेको हुँदा उनीहरुको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गर्दै घटनास्थलमा प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगले अनुसन्धान सुरु गरिएको काभ्रे प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०९:४५
प्रतिक्रिया दिनुहोस्