केकेआर आईपीएलको फाइनलमा

बुधबार, जेठ ९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । उत्कृष्ट लयमा रहेको कोलकाता नाइट राइडर्स (केकेआर) इन्डियन प्रिमियर लिग ( आईपीएल) को फाइनलमा पुगेको छ।  गएराति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदरावादलाई सहजै ८ विकेटले हराउँदै केकेआर आईपीएलको फाइनलमा प्रवेश गरेको हो।

पहिलो क्वालिफायरमा टस जितेर पहिलो ब्याटिङ गरेको हैदरावादले दिएको १६० रनको लक्ष्यलाई केकेआरए ३८ बाँकि छ्दै २ विकेट गुमाउँदै पूरा गरेको हो। 

१६० रन पछ्याउँदै जवाफी ब्याटिङ गरेको केकेआरका कप्तान श्रेयस ऐयरले लागि बेङ्कतेश ऐयरले ५८ र बैङ्तेश ऐयरले ५१ रन बनाए भने सुनिल नरिनेले २१ रन बनाउदा हैदरावाका प्याट कमिन्स र नटराजनले १-१ विकेट लिएका थिए।

हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन बनाउदा केकेआरका मिचेल स्टार्कले  सर्वाधिक ३ विकेट लिए । वरुण चक्रवर्तीले २ विकेट लिदा सुनिन नरिने, हर्षि राना, आन्द्रे रसेल र वैभव अरोराले १-१ विकेट लिए।

गएराति पराजित भएको हैदरावादले  फाइनल पुग्न आज हुने एलिमिनेटर खेलको विजेतासँग खेल पाउनेछ। आजको एलिमिनेटर खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदैछ। त्यस्तै आजको विजेता र हैदरावादबीच अन्तिम क्वालिफायर भोलि हुनेछ। आइतबार आईपीएलको फाइनल हुनेछ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्