मोरङ कारागारका एक कैदीको मृत्यु

मंगलबार, जेठ ८, २०८१
Neuro hospital Nepalgunj

मोरङ । मोरङ कारागारका एक कैदीको मृत्यु भएको छ।

लागूऔषध मुद्दामा दोषी ठहर भएर मोरङ कारागारमा कैदी जीवन बिताइरहेका पथरीशनिशरे नगरपालिका-१० ३९ वर्षीय धनबहादुर थापाको आज मृत्यु भएको मोरङ कारागार प्रशासनले जनाएको छ।

थापाको स्वास्थ्यमा समस्या आएपछि तत्काल कोशी अस्पताल लगिएको भएपनि अस्पताल पुर्याएलगत्तै चिकित्सकले थापालाई मृत घोषित गरेका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्