दाङको दंगीशरण गाउँपालिकामा समुदायमा सरकारी वकिल कार्यालय र न्यायिक संवाद कार्यक्रम

मंगलबार, जेठ ८, २०८१

दाङ । दाङको दंगीशरण गाउँपालिकामा समुदायमा सरकारी वकिल कार्यालय सम्पन्न भएको छ ।उच्च अदालत तुलसीपुर र उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको संयुक्त आयोजनामा समुदायमा सरकारी वकिल कार्यालय र न्यायिक संवाद कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।

संवाद कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेले न्यायिक समिती सफल भयो भने मात्र न्याय सम्पादन सुद्धढ हुने बताए ।

स्थानिय तहमा न्यायिक निकायको अभिभारा बढेको बताउदै स्थानिय निकायको काम कार्वाही प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो । न्यायिक समितिले न्यायिक काम कार्वाही सफलतापुर्वक सम्पन्न गर्न सक्ने आट गर्नुपर्ने बताए ।

स्थानिय तहमा न्यायिक समितीले हुदा अदालतको बोझ घटेको होला भन्ने सहभागीको जिज्ञासामा बोझ नघटेको मुद्दा दर्ता र मुद्दा फर्च्योटको दर पनि नघटेको उनको तर्क थियो ।

अदालतको कार्य बोझ घटाउने कुरा प्रमुख चुनौतीको रुपमा रहेको न्यायाधीश पाण्डेले बताए । समाजमा सहि कुरालाई प्रोत्साहन र गलत कुराको निरुत्साहित गरेमात्र न्याय सम्पादनमा सहज हुने उनको अपेक्षा थियो ।

कार्यक्रममा सरकारी मुद्दाको कार्यसम्पादनमा सरकारी वकिल र समुदायको भुमिका न्यायिक सम्वाद कार्यक्रममा,उच्च अदालतको बारे जानकारी, अदालतको न्यायिक क्षेत्राधिकार, इजलास अदालतमा लाग्ने शुल्क, पुनरावेदनवा निवेदन दर्ता गराउदा अपनाउनु पर्ने प्रक्रिया, बन्द इजलासबाट हेरिने मुद्दाहरु, मेलमिलाप लगायतका बिषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले कार्यक्रमले समुदायका आम नागरीक र अदालत बिचको दुरी घटाउने काम गरेको बताए । यस्तो कार्यक्रमले समुदायका आम नागरिकमा असल प्रभाव पार्ने अध्यक्ष गिरीको भनाइ थियो ।

यस्तै गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितीका संयोजक पिमा वली खड्काले आफु २०७४ देखिनै मुद्दा फर्च्योट र मेलमिलापको सवालमा निकै सुझ्बुझका साथ अगाडी बढेको बताए । आफुले हेरेका धेरैजसो उजुरीहरु आफुलेनै समाधान गरेको र थोरै मात्रमा जिल्ला अदालत सम्म पुगेको उपाध्यक्ष खड्काको भनाइ थियो ।

संवाद कार्यक्रममै सूचना प्राविधिक शाखा अधिकृत राजप्रकाश यादवले मुद्दाको चक्र मुद्दाका फाँटहरु, कार्वाही र फैसलाको प्रक्रिया, जिल्ला अदालतको क्षेत्राधिकार, उच्च अदालतको क्षेत्राधिकार, उच्च अदालत तुलसीपुरको सेवा प्रवाह लगायतका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्