काठमाडौंको थलीमा भेटियो रगत बगिरहेको अवस्थामा पुरुषको शव

मंगलबार, जेठ ८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंमा एक पुरुषको शव भेटिएको छ। थलीको उकालोमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयको खवर पाएर पुगेको टोलीले थलीको उकालोमा कपडाले मुख छोपिएको र रगत बगिरहेको अवस्थामा पुरुषको शव फेला परेको स्थानमा ब्लेडहरुसमेत भेटाएको प्रहरीले जनाएको छ। 

पुरुषको शव शंकास्पद रुपले फेला  परेको घटनाको प्रहरीले थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्