फोहर बोक्ने गाडी चालक समाएपछि बालेनले दिए सिंहदरबार र नेताका घरको फोहोर नउठाउने चेतावनी

सोमबार, जेठ ७, २०८१

काठमाडौं । काठमाडौं महानगरको फोहर लैजाने गाडीका ४ जना चालकलाई पक्राउ गरेको भन्दै मेयर बालेन साहले सिंहदरबार र नेताका घरको फोहर नफाल्ने चेतावनी दिएका छन् । 

बाटोमा फोहरको गाडी रोकिएको भन्दै काठमाडौँ महानगरपालिकाका ४ जना चालकलाई काठमाडौँको नयाँ बानेश्वर क्षेत्रबाट केही समय अगाडि प्रहरीले पक्राउ गरेपछि  बालेनले सो कुरा बताएका हुन् । उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकुमा लगिएको उनको भनाइ छ।

चालकहरू पक्राउ परेपछि काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साहले सिंहदरबार र नेताहरूको घरको फोहर नउठाउने घोषणा गरेका हुन्। सामाजिक सञ्जालमार्फत बालेनले यस्तो बताएका हुन्।

‘भ्रष्टलाई समाउन सक्नुभएन , काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले,’ बालेनले लेखेका छन्, ‘जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन ।’

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्