विद्युत अनियमितताबारे बाँके कांग्रेसको चासो, विद्युत आपूर्ति नियमित गर्न ध्यानाकर्षण

सोमबार, जेठ ७, २०८१
Neuro hospital Nepalgunj

बाँके । विद्युत अनियमितताबारे चासो व्यक्त गर्दै   नेपाली कांग्रेस बाँकेले  नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । सभापति नारायण प्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती निकालेर बढ्दो गर्मीमा विद्युत प्रवाहलाई नियमित बनाई आमनागरिकको दिनचर्यालाई सहज बनाउन गम्भीर ध्यानार्षण गराउँदै समस्या समाधानका लागि अग्रसर हुन अपिल गरेका छन् ।

"नेपालगञ्जको तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ। दिनदिनै बढिरहेको गर्मी र तातो हावाको लहर ुलुु बाट सर्वसाधारण प्रभावित भएका छन् । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरदेखि आमनागरिक गर्मीको मारमा छन् । गर्मी सहरको पहिचान बनाएको नेपालगञ्जमा विद्युत अनियमितताको समस्या भने बर्षौदेखि हल हुन सकेको छैन," विज्ञप्तीमा भनिएको छ-"गर्मीका बेला अपरिहार्य हुने विजुली झन अनियमित हुँदा नागरिक प्रताडित छन् । यति विध्न गर्मीमा विना जानकारी पटक-पटक विद्युत काट्ने, लोडसेडिंग विनै पनि लामो समयसम्म विजुली प्रवाह नहुने, २५ प्रतिशत मात्रै उद्योग सञ्चालनमा रहेको अवस्थामा पनि विद्युत भारको कारण देखाउँदै पटक-पटक बत्ती काटिँदा नागरिकलाई असह्य भएको छ ।  यस विषयमा नेपाली कांग्रेस बाँके नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउँदछ ।"

विद्युत प्रयोगकर्ताहरुले पटक-पटक विद्युत अबरुद्ध हुनुको कारणबारे सोधपुछ गर्दा पनि झर्किने, सही सूचना नदिने तथा जिम्मेवारीबाट पन्छिने प्रबृत्ति रहेको भन्ने जनगुनासोलाई पनि ध्यानमा राखी सेवा प्रवाह गर्ने निकायले नागरिकमैत्री र भरपर्दो सेवा दिनुपर्नेमा कांग्रेसको जोड छ । 

गर्मी बढेसंगै नेपालगन्जमा झ्याप(झ्याप बत्ती जाने, लो(भोल्टेज,  अघोषित लोडसेडिङका कारण नागरिकले सास्ती भोगिरहेका छन् । विद्युत प्राधिकरणप्रति नागरिकले आक्रोश पोखिरहेका छन् । 

 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्