बेल्जियममा नेपाली खाना महोत्सव हुँदै

सोमबार, जेठ ७, २०८१

बेल्जियम। बेल्जियमस्थित प्रवासी नेपाली व्यवसायीहरुको छाता संगठन नेपाली व्यवसायी संघ बेल्जियम र बेलिज्यमका लागि नेपाली दुतावास ब्रसेल्सको संयुक्त आयोजनामा यहि मे २५ तारिखका दिन लेभेन स्थित लादुजप्लेनमा नेपाली खाना महोत्सवको आयोजना गरिने भएको छ ।

संघका अध्यक्ष चिरणकुमार खवासले संघले आयोजना गर्न लागेको खाना महोत्सवले यो बर्ष पनि सदाझै नेपाल र नेपालीहरुको पहिचानलाई विदेशी भूमीमा पस्कन सहयोगी हुने बताए । उनले विगतको अनुभव यहाँका विभिन्न सरोकारवालाहरुसंगको समन्वयले यो महोत्सव सबैका लागि उपयोगी हुने बताए ।

खाना महोत्सव कार्यक्रमका संयोजक काँशी दनैले आफुहरुले युरोपेली बजारमा नेपाली खाना, कला, संस्कृति र पर्यटन प्रवर्धन गर्ने मुख्य उदेश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागेको बताए । उनले भने यो महोत्सव बेल्जियम रहेको बढ्दो पुस्तालाई देखाउन सिकाउन र प्रवर्धन गर्न पनि अत्यन्त महत्वपूर्ण भमिका खेल्ने बताए । 

संयोजक दनैका अनुसार यो महोत्सवमा कुल १४ वटा स्टलहरु रहने जस्मा नेपाली हस्तकलाका दुई स्टल रहने छन भने अन्यमा खाना तथा अरु भोजनका सामग्रीहरु हुने छन् । 

संयोजक दनैका अनुसार संघले आयोजना गर्न लागेको यो तेश्रो महोत्सव भएको हुनाले विगतका अनुभव र सुझावहरुलाई मध्यनजर गरेर आगामी खाना महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गरिने बताउँदै यो महोत्सवमा विगतका महोत्सवहरु अवलोकन गर्न आएका युरोपेली नागरिकहरुलाई नेपालको कला, संस्कृति, मौलिकता र पर्यटनसंग जोड्दै आर्थिक सम्बृद्धिको बाटोमा समेत टेवा पुर्याउने बताए ।

त्यस्तै नेपाली दुतावासले भने नेपालमा विगत लामो समयसम्म र देखि विभिन्न परियोजनाहरु संचालन गर्दै आई रहेका र पटक पटक नेपालको भ्रमण गर्नु भएका विदेशी (बेल्जियमबासी) पाहँुनाहरुलाई महोत्सव अवलोकनका लागि आमन्त्रित गरिएको जनाएको छ । 

यस महोत्सवमा कला र साँस्कृतिक कार्यक्रमका लागि इनास बेल्जियमसंग सहकार्य गर्ने पनि संयोजक दनैले बताए । 

संयोजक दनैका अनुसार यो महोत्सवमा कुल २० देखि २५ हजार युरो रकम खर्च हुने सम्भावना रहेको जानकारी दिए ।

अध्यक्ष खवासले व्यवसायी संघले आयोजना गर्न लागेको महोत्सवमा बेल्जियम र यसका आसपासका देशहरुमा रहेका नेपाली र विदेशी पाहुनाहरुलाई सहभागीभै भरपुर आनन्द लिन र महोत्सवको गरिमा बढाई जानकारी लिन सबैका लागि आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्